बाजुरामा बाढीले बगाउँदा दुई जना बेपत्ता
बाजुरा । बाजुरामा अविरल वर्षापछि आएको खोलामा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नी खोलामा आएको बाढीले बगाउँदा स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा सोमबार बिहानदेखि बेपत्ता भएका हुन्। यस्तै बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला ल्वार पनि बेपत्ता छिन्। उनी पनि सोमबार बिहानदेखि बेपत्ता भएकी हुन्।
गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा उनलाई बगाएको थियो। बेपत्ताहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस