एकल महिलालाई कांग्रेसले बनाइदियो घर
झापा / सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ । एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।
स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गर्नुभएकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उनले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आउएका छन् । घरबारविहीन भएका कारण उनको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै कांग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताए ।
घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए । सोमबार नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि रु ५५ हजार सहयोग पठाएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस