मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना
बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हँुदै गएको बताएका छन् । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भनेका छन् । उनले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस