ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि
डोटी / जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा सङ्क्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना सङ्क्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए । उनले भने, “यहाँका शहर बजारमा भएका कोरोना सङ्क्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस