• जीवनशैली | Jiwanshaili
  • आगामी ३ दिन भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


    काठमाडौं । केही दिनदेखिको लगातारको वर्षाका कारण मुलुकका केही नदीका जलसतहले सतर्कता तह पार गरेका छन् ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा मंगलबार रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    त्यसैगरी आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जनरचट्टयाङसहित वर्षा भइरहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस