एसईईको प्रमाणित प्राप्ताङ्क असार २० गतेभित्र बुझाउनुपर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माद्यामिक शिक्षा परीक्षा एसईईको आन्तरिक मूल्यांकन कार्यविधि सार्वजनिक गरेको छ।
बोर्डले एसईईको विधार्थी मूल्यांकन,नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ सार्वजनिक गरेको हो । कार्यविधिमा ग्रेड बृद्धि परीक्षाका लागि आवेदन गरेका विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले उपयुक्त विधि अनलाइन अफलाइन आदिबाट सैद्धान्तिक तर्फको पूरै पूर्णाङ्कमा परीक्षा लिई विद्यार्थी मूल्याङ्कन गरी परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको मार्क लेजर ट्रिप्लिकेट अनुसार विवरण प्रमाणित गरी शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ।
विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्क चढाउँदा सम्बन्धित विद्यालयहरूले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरण अनुसार अङ्क चढाउनुपर्नेछ । मूल्याङ्कन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।
कुनै प्राविधिक त्रुटी भएमा मूल्याङ्कन समितिलाई उक्त त्रुटी सच्याई पुनः पेश गर्न लगाउन सकिनेछ। त्यस्तै,मूल्याङ्कन समितिले मूल्याङ्कन गरी पठाएको प्राप्ताङ्क अस्वभाविक देखिएमा त्यस्ता विद्यालयका विद्यार्थीको मूल्याङ्कनको प्रमाण कागजात समेत माग गर्न सकिनेछ। विषयगत प्राप्ताङ्क सैद्धान्तिक तर्फ ८० प्रतिशत वा सो भन्दा माथि प्राप्त गर्ने विद्यार्थीको हकमा ठोस कारण उल्लेख भएरनभएको जाँच गरी प्रमाण नपुगेको विद्यार्थीको पुनः मूल्याङ्कनका लागि फिर्ता पठाउन सकिने कार्यविधिमा उल्लेख छ।
बोर्डले विद्यार्थीले प्राप्त गरेको प्रमाणित प्राप्ताङ्क असार २० गतेभित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने निर्देशन दिएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस