थप ४१८७ जना कोरोना संक्रमणमुक्त,२७४५ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार हजारभन्दा धेरै कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् । आज सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले सङ्क्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको छ ।
यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ८१ जनामा र पाँच हजार आठ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा एक हजार ६४ जना गरी दुई हजार सात सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा थप ४१ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ६ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस