पहिरामा च्यापिएर एकको मृत्यु, दुई घाइते
डोटी / पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् ।
गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिए। उनका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस