तीजका मौलिक गीत गाउन आग्रह
काठमाडौँ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न अनुरोध गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल द्वारा हस्ताक्षरित अपिलपत्रमा शब्दका आधारमा पछि निर्माण हुने भिडियोले दर्शकस्रोतामा झनै असर पु¥याउने भएकाले अश्लील गीत सिर्जना गर्ने कलाकारलाई नरुचाइने जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष बिजीले तीजका गीतले व्यावसायिक सफलता हासिल गर्नु सुखद् हो भन्दै निरन्तर मौलिक सिर्जना पस्कने कलाकारलाई दर्शकस्रोताले सधैँ माया गरिरहेको बताए ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस