• जीवनशैली | Jiwanshaili
  • थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।

    आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस