• जीवनशैली | Jiwanshaili
  • आज पनि देशभर पानी पर्ने, सतर्क रहन विभागको अनुरोध


    आज २०७८ असार ३ गते बिहीबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विहिबार विहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
    यसै गरी विहिबार दिउँसोस्देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
    यस्तै आज विहिबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस