कोरोना संक्रमण दर घटेकै हो त ?
काठमाडौं / पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।
सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।
यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस