• जीवनशैली | Jiwanshaili
  • चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु


    एजेन्सी । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ ।

    स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । आज बिहान फलाम खानीको एउटा कुवामा पानी पसेको जनाइएको छ ।

    यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ । हराइरहेका मजदूरको खोजी जारी रहेको छ । खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ छ।

    बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस