विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने
काठमाडौं । कोरोना महामारीसँग जुध्न विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ ।
नेपाललाई महामारीसँग जुध्न एवं आर्थिक पुनर्उत्थानमा सघाउ पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गर्न लागेको हो । बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।
बैंकले आफ्नो विकास नीति सहायता अन्तर्गत कोभिड महामारी नियन्त्रण, अति संवेदनशील वर्गको सुरक्षा तथा दीर्घकालीन वृद्धिका लागि उक्त ऋण दिन लागेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस