• जीवनशैली | Jiwanshaili
  • थप २६०७ जनामा कोरोनाभाइरस संक्रमण, ३९ को मृत्यु


    काठमाडौँ / पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै २ हजार १४१ जना निको भएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

    मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
    यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।
    यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस