सिन्धुपाल्चोकका थप दुई गाउँपालिकालाई ५०/५० लाख रुपैयाँ दिने काठमाडौं महानगरपालिकाको घोषणा
काठमाडौं । सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि पचास पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको जन–धनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्यो रकम सहयोग गर्ने घोषणा गरेको मेयर शाक्यले जानकारी दिए।
मेलम्ची नगरपालिका काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो । मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस