थप २७६८ जनामा कोरोना पुष्टि,४ हजार २० जना कोरोना मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।
कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १.६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पोजेटिभ देखिएको तथ्यांक छ।
तिमध्ये ५ लाख ४९ हजार ६८२ जना निको भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस