• जीवनशैली | Jiwanshaili
  • शनिबारको मौसम कस्तो रहला?


    आज शनिबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

    देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु(भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    यस्तै शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

    यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस