ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते
चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँंदा आज साँझ ५ः३० बजे उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उनले जानकारी दिए । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए । अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहेका थिए । लामिछानेले भने, “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।”
प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । उनले भने, “उनिहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौंँ ।” गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाइ छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस