‘रेड्मी नोट १० एस’ नेपाली बजारमा सार्वजनिक , कति छ मुल्य ?
काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ ।
रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ बजारमा आएको कम्पनीले जनाएको छ । यो पहिलो उपकरण हुनेछ जुन अहिलेसम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५ अन्तरिमको साथमा उपलब्ध हुनेछ । यो फोनमा ६.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।
एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड ११ मा चल्ने यो फोन मिडियाटेक हेलियो जी ९५ चिपसेटले सञ्चालित छ । फोनको पछाडि चार वटा क्यामेरा सेटअप छ, जसअन्तर्गत ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । नेपाली बजारमा ६.६४ जीबी भेरियन्टको मूल्य २४,९९९ रूपैयाँ र र ६.१२८ जीबी भेरियन्टको मूल्य २६,९९९ रूपैयाँ रहेको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस