इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित
एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित भएका छन् ।
तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित भएका बीबीसीले जनाएको छ । उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रायसीले आगामी अगस्टमा सपथ लिएर कार्यभार सम्हाल्ने बताइएको छ । यसैबीच इजरायलले इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्नुपर्ने जनाएको छ ।
रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको हो । इजरायलको विदेश मन्त्रालयमन प्रवक्ता लियर हैतले नवनिर्वाचित राष्ट्रपति रायसीले यसअघि नै आणविक गतिविधि बढाउने संकेत गरेको भन्दै यसको परीणाम सुखद नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
निर्वाचनको परिणाम आएलगत्तै उहाँले आफूले इरानका नागरिकको चाहना अनुसार नै काम गर्ने प्रतिवद्धता जनाएका छन्। तर विश्लेषकहरुले भने इरानले पुनः आणविक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने संकेत रायसीले गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । इरान र इजरायलबीच लामो समयदेखि जारी द्वन्द्व पुनः चर्कने भन्दै कतिपयले चिन्तासमेत व्यक्त गरेका छन् । इजरायलले अन्तर्राष्ट्रिय समूदायले इरानमाथि आणविक गतिविधि सञ्चालन नगर्न दवाव दिनुपर्नेसमेत जनाएको छ ।
गत वर्ष इरानले इजरायललाई शीर्ष परमाणु वैज्ञानिकको हत्या र अप्रिलमा युरेनियम सम्वद्र्धन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । यस्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा परमाणु सम्झौता भंग गरेर एकतर्फी रुपमा इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस