नेपाल पत्रकार महासंघले भोलीबाट अनुगमन गर्ने
काठमाडौं । कोरोना महामारीका बेला विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारहरुलाई रोजगारीको अवसरबाट बञ्चित गरेको गुनासो बढेको भन्दै नेपाल पत्रकार महासंघले भोलिबाट अनुगनम गर्ने भएको छ ।
महासंघका महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाएको र पारिश्रमिक नदिएको गुनोसो बढेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना महामारीका बेला सञ्चारगृहका मालिकहरुले श्रमजीवी पत्रकार र कर्मचारीको शोषण गर्ने प्रवृत्ति त्याग्नुपर्ने भन्दै कामबाट हटाउने, पारिश्रमिक नदिने, फोर्स लिभ लिन लगाउने वा तलब घटाउने जस्ता काम नगर्नसमेत महासंघले चेतावनी दिएको छ ।
यस्ता धेरै गुनासा आएकाले महासंघले भोलिबाटै सञ्चारगृहकै अनुगनम गर्ने भएको छ– विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस