• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु, २४ सय ४२ संक्रमित थपिए


    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमध्ये पीसीआर विधिबाट १ हजार ४ सय २१ जना तथा एन्टीजेन विधिबाट १ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस