उपत्यकामा थपियो निषेधाज्ञा : निजी सवारीमा जोर विजोर, बारअनुसार पसल खुल्ने
काठमाडौं / काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक निषेधाज्ञा थप गने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा ८ असारबाट सुरु हुनेछ ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार थपिएको निषेधाज्ञा १४ असारसम्म जारी रहनेछ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
ती अधिकारीका अनुसार सवारी साधन सञ्चालन गर्न पाउनेगरी निषेधाज्ञा थप गरिएको हो । तर नीजि सवारी जोर विजोर प्रणाली अनुसार सञ्चालन हुनेछन् ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।
यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । समय भने अन्य पसलहरु जस्तै रहेको छ।
खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस