सरकारद्वारा झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण प्राप्त
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ ।
आन्तरिक र वैदेशिक गरेर साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । यस्तै १० महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।
अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै साउनदेखि वैशाखसम्म दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता आएको छ । जसमध्ये १० दशमलव नौ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ अनुदान सहायता रहेको छ भने बाँकी ऋण सहायता रहेको छ ।
वैदेशिक सहायताको प्रतिबद्धता अघिल्लो वर्षको पहिलो १० महिनाको तुलनामा ३५ दशमलव ३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस