• जीवनशैली | Jiwanshaili
  • सोमबारको मौसम कस्तो रहला?


    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू(भाग नजिक मनसुनी न्युन चापिय रेखाको प्रभाव रहेको छ।

    सोमबार बिहान देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

    यसै गरी सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एकरदुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

     

    सोमबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस