खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी
डोटी / जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् । गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिए ।
विवाद समाधानपछि मात्रै काम शुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्र्ने स्थानीयवासीको माग छ । सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटीरूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ । खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीयवासीले ताला लगाएको वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिनुभयो । असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतार हतारमा उक्त योजनाको शुरुआत गरेका कारण पनि अहिले विवाद शुरु भएको अर्का स्थानीयवासी गम्भीर खड्काले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस