नेपालमा कोरोनाको नयाँ भेरियन्ट “डेल्टा” र “अल्फा” पुष्टी
काठमाडौं । नेपालमा कोभिड–१९ कोरोना भाइरसको थप नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा रहेको आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।
ती नमुनाको जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) ७० पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेशन भेटिएको थियो र यसलाई एवाई-१ नाम दिइएको छ ।
अहिलेसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस