जेष्ठ नागरिकलाई खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।
आज रिट निवेदक चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेका हुन् ।
त्यस्तै उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्दैछन् । ६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धाहरुलाई गत फागुन २३ गतेदेखि पहिलो डोज र जेठ १५ गतेसम्म दोस्रो डोज खोप लगाउने समय रहेको थियो ।
तर सरकारले त्यस समयाधवीमा विभिन्न बाहानामा खोप लगाउन आलटाल गरेको भन्दै आज रिट निवेदन दर्ता गरिएको अधिवक्ता पौडेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस