एक घर एक रोजगार, विद्यालयमै करेसाबारी
गलकोट / बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाले राखेको छ । स्वरोजगार चाहने युवा तथा उद्यमीलाई लक्षित गरी ऋणमा ब्याज सहजीकरणसहित युवा स्वरोजगार कार्यक्रम तथा एक घर एक महिला रोजगार कार्यक्रमलाई अघि सारिएको छ ।
गाउँपालिकाले शनिबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक विद्यालय एक करेसावारी, रोग पालेर हैन फालेर बाचौँ, प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति, गुणस्तरीय स्वास्थ्य सेवा गाउँपालिकाको प्रतिबद्धता र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम ल्याएको छ । बागलुङका १० पालिकामध्ये बरेङबाट आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ । गाउँपालिकाकोे सातौँ गाउँसभामा आव २०७८/७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्वारा नीति कार्यक्रम तथा उपाध्यक्ष दिलकुमारी पुनद्वारा बजेट प्रस्तुत गरिएको छ ।
उहाँले गाउँसभामा रु ३७ करोड ३४ लाख ४७ हजार ४४० बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि रु करोड १५ लाख, शिक्षा क्षेत्रका लागि रु एक करोड ९८ लाख बजेट विनियोजन गरेको छ । कृषि तथा पशुमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्यको बजेट कोरोना महामारीसँग जुध्न रु ५० लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको तथा २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको छ ।
बजेट तथा कार्यक्रममा हुग्दीशिर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको अस्थायी कोभिड अस्पताल तथा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य एकाइको पूर्वाधार विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, स्वास्थ्य सचेतनाका लागि युवा, विद्यार्थी, शिक्षक र महिला समूहलगायत स्वयंसेवक परिचालन गर्ने, रोग पालेर होइन फालेर बाचौँ भन्ने मान्यतालाई सार्थक रुप दिन स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन तथा स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याइने गाउँपालिकाका अध्यक्ष शर्माले बताए ।
“बजेट कोरोना केन्द्रित छ, कोरोनाका कारण रोजगारी गुमेकालाई रोजगारी दिने, स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति थपलगायत कार्यक्रम तथा बजेट ल्याइएको छ”, शर्माले भने, “प्रत्येक विद्यालयमा करेसाबारी, एक स्वास्थ्यकर्मी एक उपकरण झोलालगायत कार्यक्रम ल्याइएको छ ।”
कोेभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रही कार्य गर्ने राष्ट्रसेवकको मनोवल अभिवृद्धि गर्न अतिरिक्त भत्ताको व्यवस्था, गाउँपालिकामा आयुर्वेद वैद्यको व्यवस्था, कम्तीमा १०० बिपन्न घर परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था, स्वास्थ्य प्राविधिक शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षा अध्ययन छात्रवृत्तिको व्यवस्था गरिने गाउँपालिकाले बजेटमा उल्लेख गरेको छ ।
कोभिड–१९ रोकथाममा नेपाल सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञालाई मध्यनजर गरी इन्टरनेटको पहुँच विद्यार्थीसम्म पु¥याइ बेभसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, रेडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुलमार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइने, बरेङका उत्कृष्ट कृषक पुरस्कारमार्फत कृषक तथा कृषि पेशालाई थप प्रोत्साहित गर्ने, बाँझो जमीनको प्रयोग, उत्पादनमा सहयोग, घरबास प्रबद्र्धनलगायत कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस