अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु
अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ ।
यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।
उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस