• जीवनशैली | Jiwanshaili
  • संयुक्त राष्ट्रसंघले भन्यो: म्यानमारमा १ लाख ७५ हजार विस्थापित


    एजेन्सी । म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिसले थातथलो छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर बर्जनरले सुरक्षा परिषदलाई करीब १० हजार शरणार्थी भारत र थाईल्याण्ड भागेको जानकारी दिए । विशेष प्रतिनिधिले म्यानमारको अहिलेको अवस्था निकै चिन्ताजनक र खराब रहेको पनि बताए ।

    यसबीचमा ६ सय जना मारिएको, ६ हजार जना पक्राउ परेको र सय जना मानिस अहिले पनि हराईरहेको भन्दै उनले पक्राउ परेका मध्ये ५ हजार जना अहिले पनि थुनामा रहेको बताए । थात थलो छाडेका मध्ये अधिकांश स्थानीय स्तरमै विस्थापित बनेको बनेको उनको भनाइ थियो ।

    अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने जानकारी आफूले सुरक्षा परिषदलाई दिएको भन्दै विशेष प्रतिनिधि बर्जनरले म्यानमारको सैनिक कु लाई हेर्ने विषयमा सुरक्षा परिषदमा मतैक्यता नभए पनि मानवीय पक्षलाई ध्यानमा राख्दै सहमतिमा आउनुपर्ने बताए ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस