अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा
एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला विश्वक केही मानिसहरुले उनलाई पृथ्वीमा नफर्कन भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।
अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार जेफ बेजोसलाई अन्तरिक्ष यात्राबाट पृथ्वी फर्कनबाट रोक्न भन्दै ४१ हजार व्यक्तिले पेटिसनमा हस्ताक्षर गरेका छन् । ब्लु अरिजिन नामक अन्तरिक्ष अन्वेषण फर्मका संस्थापक बेजोसले उनी र आफ्नो भाइ मार्क बेजोससँग न्यू सेपहर्ड रकेटमा अन्तरिक्षमा जाने तयारीमा छन् ।
उनको यो घोषणाको तीन दिन पछि उनको पृथ्वीमा पूर्नआगमन रोक्नलाई दुईवटा पेटिसन सार्वजनिक गरिएको छ । यो दुवै पेटिसनले दश दिनकै अन्तरालमा हजारौँ फलोअर प्राप्त गरिसकेका छन् । ‘डू नट अलाऊ जेफ बेजोस टू रिटर्न टू अर्थ’ शीर्षक भएको पेटिसनमा २३ हजार जनाले चेन्ज डट ओआरजी भन्ने वेबसाइटमा हस्ताक्षर गरेका छन् ।
पेटिसन विवरणमा अर्बपतिहरु पृथ्वी वा अन्तरिक्षमा हुनुहुँदैन र अन्तरिक्ष जान खोजेमा त्यहीँ बस्नुपर्छ भनेर लेखिएको थियो । पेटिसनमा कमेन्ट गर्दै केही व्यक्तिले पृथ्वीमा फर्कनु अधिकार नभएर विशेषाधिकार हो भन्ने लेखेका थिए । त्यस्तै अर्कौ व्यक्तिले बेजोस, बिल गेट्स, एलन मस्क जस्ता अरु अर्बपतिहरु पृथ्वीलाई चाहिँदैन भनेर लेखेका थिए ।
त्यस्तै ‘पेटिसन टू नट अलाउ जेफ बेजोस रिएन्ट्री टू अर्थ’ शीर्षक भएको पेटिसनमा १८ हजार जनाले हस्ताक्षर गरेका छन् । दुवै पेटिसनले २५ हजार हस्ताक्षर पुर्याउने लक्ष्य राखेका छन् । बेजोसले भाइसँग मिलेर ११ मिनेटको अन्तरिक्ष उडानमा जादैछन् ।
त्यस्तै एक जना ब्लु अरिजिन निलामीका विजेता जुन २८ बिलियनमा विक्री भएको थियो । उनी पनि क्यापसुलमा बसेर अन्तरिक्ष यात्रामा जानेछन् । उनीहरुको यात्रा कार्मान लाइन सम्म मात्रै हुनेछ जुन अन्तरिक्षको सीमा जस्तै हो । यसको दूरी ६२ माइलको रहेको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस