कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने
काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छौं।’ डा। पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।
स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शय्यामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले अबको जोखिम बालबालिका रहेको भन्दै उनीहरूको सुरक्षाका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । बालबालिकाका लागि खोप ट्रायलमा रहे पनि हालसम्म अनुसन्धानमै रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस