• जीवनशैली | Jiwanshaili
  • महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण


     

    कैलालि / जानकी–३ ले महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरेको छ । स्वयंसेविकाहरुका स्वास्थ्य कागजातहरु सुरक्षित राख्न मद्दत पुगोस् भनी वडामा रहेका नौ महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका चन्दा साउदले अब कागजात राख्न सहज हुने बताए । “हामीले विभिन्न रिपोर्टिङ, पालिकाका सबै स्वास्थ्य कार्यक्रम, अन्य सामाजिक अभियानमा काम गर्नुपर्छ”, साउदले भन्नुभयो, “अब दराज दिएका छन् । अब कागजात सुरक्षित राख्न सहज हुनेछ । बाँकी दराजमा आफ्ना अन्य महत्वपूर्ण कागजात राख्न पनि मिल्नेछ ।”

    अर्की स्वयंसेविका विदेशनी चौधरी वडाले आफूहरुलाई हौसला दिने काम गरेको बताउनुहुन्छ । “लामो समयदेखि काम गरिरहेका हामीलाई आवश्यक साइकल, मोबाइल, दराजजस्ता सामान दिएर काममा थप हौसला मिलेको छ”, चौधरीले भने, “झोलामा कागजात राख्ने ग¥थ्यौँ, अब सहज हुन्छ ।” वडा नं ३ का वडाध्यक्ष प्रदीपकुमार शाहले स्वास्थ्यसम्बन्धी रिर्पोटिङ गरेका कागजात सुरक्षित राख्न र स्वयंसेविकालाई थप जिम्मेवार बनाउन दराज वितरण गरिएको बताए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस