• जीवनशैली | Jiwanshaili
  • ललितपुरमा ७७ वर्ष माथिकालाई बुधबार कोभिशिल्डको दोस्रो डोज दिने


    ललितपुर । ललितपुर महानगरपालिकाले यही असार ९ गते बुधबार एकदिन ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ ।

    वडा कार्यालयको सिफारिस भइआएका ७७ वर्षका उमेरका नागरिकलाई बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले सोमबार एक सूचना जारी गरेर जानकारी दिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार सोमबार बसेको बैठकले महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको र त्सलाई ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको तथ्यांक पाइएको सोही अनुसार खोप दिइनेछ ।

    बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरुलाई दिइने सूचनामा उल्लेख छ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनु पर्नेछ । खोप दिन महानगरभित्र ८ वटा केन्द्र तोकिएका छन् । भारतले नेपालका लागि कोरोनाविरुद्धको खोप शुरुमै अनुदानमा १० लाख डोज कोभिसिल्ड उप्लब्ध गराएकोमा सो खोप पहिलो डोज लगाइएको थियो । तर दोस्रो डोजका लागि भारतले नदिँदा पहिलो डोज लगाएर बसेका व्यक्तिहरु अन्यौलमा परेका छन् ।

    कोरोनाविरुद्धको खोप हरेक व्यक्ति १२ हप्ताको फरकमा दई खेप लगाउनुपर्ने विश्वस्वस्थ्य संगठनको नियम अनुसार कोभिसिल्डको पहिलो खोप लगाएका व्यक्तिहरु मारमा परेका छन् । चिकित्सकहरुले भने दोस्रो खोप लगाउन नपाएका व्यक्तिहरु कोरोनाको जोखिममा पर्ने भनेर गरिएको हल्लालाई झुठो भएको बताउँदै आएका छन् ।

    पहिलो खेपमा जुन लगाएको हो दोस्रो खेप डोजमा त्यही खोप लगाउन सुझाव दिँदै आएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस