• जीवनशैली | Jiwanshaili
  • क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग : एक युवक पक्राउ


    प्रहरीले सामाजिक सञ्जालमा फोटो दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ परेको छ । सामाजिक सञ्जाल क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछाने पक्राउ परेका हुन् ।

    साईवर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले क्लबहाउसमा प्रहरीको युनिफर्म सहितको फोटो दुरुपयोग गरी ‘वपन सोसल रुम’ बनाएकोमा आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    साथै प्रहरी अधिकृतको नाम लगायतका विवरण समावेश गरी फेक आईटी बनाएर नेपाल प्रहरीका कर्मचारीहरूको छविमा नकारात्मक प्रभाव पार्ने काम गरेको र प्रहरी संगठनको छवि धमिल्याएको जनाएको छ ।

    काठमाण्डौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि लामिछाने माथि अनुसन्धान भइरहेको जनाएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस