डुबेर एक जनाको मृत्यु
फाइल तस्बिर
कावासोती / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिनुभयो । मृतक ट्रकका सहचालक रहेका बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस