अमेरिकाले टिकटक र विच्याटलाई प्रतिबन्धित कम्पनीको सूचीबाट हटाउने
एजेन्सी । अमेरिकाको वाणिज्य मन्त्रालयले चिनियाँ कम्पनीहरु टिकटक र विच्याटलाई कारोबारमा प्रतिबन्धित कम्पनीको सूचीबाट हटाउने निर्णय गरेको छ ।
गत सेप्टेम्बरमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यी दुई एपको नयाँ डाउनलोडमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै यी दुवै एपको नयाँ डाउनलोडमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । साथै उनले वाणिज्य मन्त्रालयलाई यी एपबाट हुन सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीबारे अध्ययनको लागि निर्देशन दिएका थिए ।
वाणिज्य मन्त्रालयले यस विषयमा थप जानकारी भने दिएको छैन । अमेरिकामा अहिलेसम्म विच्याट १ करोड ९० लाखपटकभन्दा बढी डाउनलोड भइसकेको छ । यो एपको प्रयोग सेवा, गेम्स र भुक्तानीको लागि हुँदै आएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस