• जीवनशैली | Jiwanshaili
  • एनटिसीको नम्बरमा फोन नलाग्ने समस्या समाधान


    काठमाडौं / नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

    टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

    नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस