अफ्रिकी मुलुक बुर्किना फासोमा ११ प्रहरीको हत्या
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।
हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राहत वितरणका क्रममा विद्रोहीहरुको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ । आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ ।
सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकूहरुको सामना गरिरहेको छ । सो आक्रमणमा हालसम्म एक हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । विद्रोहीको निरन्तरको आक्रमणका कारण मालीको सीमा नजिकै मानविय संकट उत्पन्न भएको भन्दै दातृ निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।
विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएको समाचारमा जनाइएको छ । विद्रोहीको हिंसात्मक आक्रमणका कारण विस्थापित हुनुहरुमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस