पर्वतको भोर्ले एक हप्ताका लागि सिल
पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो ।
पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रका नागरिक एक सातासम्म अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शववाहन तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू उक्त क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले आदेश दिएको छ । उक्त आदेशको अवज्ञा गरे कानूनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।
मङ्गलबार गरिएको परीक्षणमा एउटै बस्तीमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । उनले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएकोसमेत बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस