बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
सप्तरी प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ ।
सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपितमाथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले गत चैत १९ गते दश दिन कैद र सात लाख रुपैंया जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोलीले गाउँघरमै लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताउनु भयो । अदालतले अभियुक्तलाई कैद÷जरिवाना भुक्तानका लागि आजै राजविराज कारागार कार्यालय पठाएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस