चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते
खोटाङ / चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन्
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस