• जीवनशैली | Jiwanshaili
  • ‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’: डब्ल्यूएचओ


    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।

    पहिलो मात्रा ‘एस्ट्राजेनेका कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्ल्यूएचओ ध्यानाकर्षण गराउन चाहन्छ, डब्ल्यूएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, डब्ल्यूएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

    डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरू भइरहेको र एस्ट्राजेनेका कोभिशिल्ड खोपको साटो दोस्रो मात्रामा भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस