सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक
काठमाडौं । शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।
सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । सरकारले आर्थिक वर्ष २०७८र०८९ को बजेट वक्तव्यमार्फत कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको थियो ।
उनका अनुसार कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुले अनिवार्य विषय निःशुल्क पाउँछन् भने ऐच्छिक विषय आफैँले खरिद गर्नुपर्नेछ । गत वर्षदेखि कक्षा ११ का विद्यार्थीहरुले तीन अनिवार्य र तीन ऐच्छिक गरी छ विषय अध्ययन गर्दै आएका छन । यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले पनि तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ विषय पढ्नुपर्नेछ । सोही अनुसार यस नयाँ शैक्षिक सत्रदेखि कक्षा १२ का विद्यार्थीहले नयाँ पाठ्यक्रम अनुसार पढ्नेछन् ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा तथा गणित विषय अनिवार्य विषयको रुपमा अध्ययन गर्छन भने अन्य तीन वटा विषय ऐच्छिक विषयका रुपमा अध्ययन गर्नेछन् । निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन संघीय सरकारले स्थानीय तहमा बजेट रकम पठाउने र स्थानीय तहले सम्बन्धित विद्यालयमा विद्यार्थी संख्याको आधारमा पैसा उपलब्ध गराउने छ ।
सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को अनिवार्य पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषय पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका प्रकाशन केन्द्रले छाप्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस