• जीवनशैली | Jiwanshaili
  • राेकिएन टिप्पर आतंक: काठमाण्डाैंमा एककाे ज्यान लियाे


    काठमाण्डौमा टिप्परको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गोकर्णेश्वरमा शुक्रबार बिहान टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

    गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुलेको छैन् ।उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    file photo


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस