• जीवनशैली | Jiwanshaili
  • चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा १८ जनाको मृत्यु


    एजेन्सी । चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्।

    यो दुर्घटना चीनको हेनान प्रान्तस्थित झेचेन्ग शहरमा शुक्रबार बिहान भएको हो। आगलागीको कारण अहिलेसम्म स्पष्ट भैसकेको छैन। स्थानीय सञ्चार माध्यमहरुका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।

    प्रहरीले स्कूलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस