• जीवनशैली | Jiwanshaili
  • चट्याङ् लागेर एक जनाको मृत्यु


    रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।

    घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ् लागेर परोहा नगरपालिका वडा नम्वर २ वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको हो ।

    चट्याङ् लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो दुई साता यता देखि रौतहटमा बर्षा भैरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस