• जीवनशैली | Jiwanshaili
  • थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टी, ४ हजार ९ सय १४ जना संक्रमण मुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।

    यस्तै ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ पीसीआर र ३१ हजार ५३१ जना एन्टिजेन पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाको मृत्यु भएको छ भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस